Logo

अन्तर्राष्ट्रिय

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थमा उल्लेख्य सुधार



बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थमा उल्लेख्य सुधार भएपछि सघन उपचार कक्ष बाट जेनरल वार्डमा सारिएको छ ।

जोनसनको स्वास्थमा उल्लेख्य सुधार आएपछि उनलाई बिहिवार साँझ सघन उपचार कक्षबाट जेनरल वार्डमा सारिएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ ।

तीन दिनको आइसियू बसाइपछि स्वास्थमा सुधार आएसँगै जोनसनलाई जेनेरल वार्डमा सारिएपनि अझै उनको उपचार जारी रहनेछ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि स्वास्थमा समस्या भएपछि उनी आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार १०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।