विश्वभरी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी फैलिएको समयमा कंङ्गोमा भने पुनः इबोला संक्रमण देखा परेको छ ।
विश्वस्वास्थ संगठनका अनुसार लोकतान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार इबोला संक्रमणको घटना पुष्टि भएको छ । नयाँ संक्रमण कङ्गोको बेनि शहरमा देखिएको हो । यसअघि यो शहर इबोला महामारीको केन्द्र थियो ।
कङ्गोमा यसअघि नै इबोला महामारी उन्मुलन भएको घोषणा गरिएको थियो । तर महामारी अन्त्य भएको घोषणा गरिएको ५२ दिनपछि नयाँ संक्रमण देखा परेको डब्लूएचओले पुष्टि गरेको हो । संक्रमण देखिएका व्यक्ति २६ वर्षीय पुरुष रहेको जनाइएको छ ।
विश्वस्वास्थ संगठनका प्रमुख घेब्रेयेससको भनाइ उद्दृत गर्दै अलजजिरामा प्रकाशीत समाचार अनुसार विश्व स्वास्थ संगठन निर्देशित टोलीले घटनाको थप अध्ययन गर्दै थप नयाँ संक्रमणका घटनाका लागी समेत तयार रहन आग्रह गरेको छ ।
मध्य अफ्रिकी देश कंङ्गोमा गत फेब्रुअरीमा इबोला अन्त्यको घोषणा गरिएको थियो । सन् २०१८ मा फैलिएको इबोला महामारीका कारण २ हजार २ सयको मृत्यु भएको थियो ।




















प्रतिक्रिया