आइतबार तीन जना र सोमबार थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कोरोना जोखिम बढेको भन्दै सरकारले थप दुई हप्ता लकडाउन बढाउने तयारी गरेको छ ।
कैलाली र बाग्लुङमा नयाँ संक्रमित भेटिएका हुन् । आइतबार विरगञ्जका तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनिहरू मस्जिदमा बसेकाले अरूलाई पनि कोरोना सारेको आशंका गरिएको छ ।
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसके र फ़ैलिने जोखिम रहेको भन्दै सरकारले लकडाउन दुई हप्ता लम्ब्याउने तयारी गरेको सरकार निकट स्रोतले जानकारी दिएको छ ।




















प्रतिक्रिया