Logo

प्रमुख समाचार

अर्थमन्त्री डा. खतिवडा पनि कोरोना संक्रमणको जोखिममा !



काठमाडौको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडा पनि कोरोना संक्रमणको जोखिममा परेको खुलेको छ ।

कोरोना संक्रमण भएका तीन जनामध्ये २ जना १८ दिनअघि मात्रै बेलायत बाट आएको खुलेको छ । अहिले उनिहरू बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट नेपाल आएका मध्ये दुई जनाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।

सोसाइटीको सचिवमा अर्थमन्त्री डा. खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित भएको सोसाइटीका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । चुनावपछि उक्त अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडा पनि पुगेको जनाइएको छ । उक्त खुलासा सँगै अर्थमन्त्री डा. खतिवडा पनि कोरोना संक्रमणको जोखिममा रहेको खुलेको हो ।

सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने घोषणा गरेको ३ दिनपछि उक्त चुनाव भएको समेत खुलासा भएको छ । सरकारले भिड भाड नगर्न भने पनि अर्थमन्त्री डा. खतिवडाकै शक्तिमा चुनाव गराइएको समेत खुलासा भएको छ ।

अर्थमन्त्री डा. खतिवडाका छोरालाई सचीव बनाउनकै लागि हतारमा चुनाव गरिएको हो । अध्यक्षमा तिलक बस्नेत निर्वाचित भएका छन् । सरकारले गरेको निर्णय पालना आफैंले पालना नगर्दा अर्थमन्त्री डा. खतिवडा कोरोना संक्रमणको जोखिममा परेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १९:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।