आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको छ । सरकार थप गरेको लकडाउनको समयावधि बुधबार सकिदैंछ ।
सरकारले बढीमा दुई साता देखि कम्तीमा एक सातासम्म लकडाउनको अवधि बढाउन लागेको जनाइएको छ । सरकारले पहिलोपटक चैत ११ बाट लकडाउनको घोषणा गरेको थियो भने त्यसपछि आठ दिन थपेर २५ कायम गर्दै त्यसपछि ३ वैशाख सम्म लम्ब्याइएको थियो ।
राजधानी काठमाडौमै सोमबार साँझ कोरोना संक्रमण देखिएपछि सरकार झस्केको छ । यसअघि काठमाडौ उपत्यकालाई केही खुकुलो पार्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयारी थालेको थियो । उपत्यकामै कोरोना संक्रमित फेला परेसँगै तत्काललाई यो सम्भावना पनि टरेको छ ।
‘अहिले राजधानी काठमाडौ सहित प्रदेश दुई, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधी बढाउने तयारी गरेको छ ।’ सरकार निकट उच्च स्रोतले जानकारी दियो ।




















प्रतिक्रिया