Logo

अन्तर्राष्ट्रिय

६ महिनाको बच्चामा पनि देखियो कोरोना भाइरसको संक्रमण



कोरोना भाइरसको संक्रमण सारा विश्वमा तीव्र गतिमा फैलिरहेको छ । साना ठूला, युवा वृद्ध कसैलाई पनि कोरोनाले आफ्नो शिकार बनाउन छोडेको छैन ।

यसैबीच बेलायतमा एक ६ महिनाकी बच्चीलाई कोरोनाको संक्रमण भएको छ । पहिले देखि नै हृदयरोगकी बिरामी रहेकी बच्ची एरिन बेट्लाई कोरोनाको संक्रमण भएको पाइएको हो ।

ब्रिटेनको ग्रेट म्यान्चेस्टरकी उनलाई लिभरपुलको एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

बच्ची सानै भएकोले उनकी आमा एम्मा बेट्सलाई पनि अस्पतालमै राखिएको छ । उनका पिता बेनी बेट्सलाई भने घर पठाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार ०७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।