लकडाउनमा मानिस बसेका बेला पीडितलाई राहत वितरण भइरहेको छ । कतै पीडितले राहत पाएका छन् भने कतै नपाउनेले पनि राहत पाएर आनन्द मानिरहेका छन् ।
तीनवटै सरकार कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सक्रिय रहेको भनिएपनि प्रभावकारी काम हुन नसकेको गुनासो आउने गरेका छन् । रोल्पाको परिवर्तन गाउँपालिका ५ मा भने मास्क वितरणको बेग्लै कहानी छ । वडाध्यक्ष सुकबहादुर बुढा (थमन) ले वडावासीलाई मास्क त बाँडे तर स्थानीय उल्टै आक्रोशित भए । उनले प्रत्येक परिवारलाई एक एक वटा मास्क बाँडे । केही दिनअघि बाँडिएका मास्क अब कसले लगाउने भन्नेमा परिवार अन्यौलमा छ । वडावासीहरु भन्छन् ‘यो मास्क कसले लगाउने, पालैपालो लगाउने कि आँगनमा झुण्ड्याएर राख्ने कि घरमा सजाउने ?’
स्थानीयले मास्क किन्न समेत पाउने अवस्था छैन । अहिलेको एकमात्र आशाको केन्द्र नै स्थानीय सरकार भनिएपनि उसले जनताका पक्षमा सही ढंगले राहत वितरण गर्न सकिरहेको छैन ।




















प्रतिक्रिया