Logo

प्रमुख समाचार

बुढानिलकण्ठकी एक महिलाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो



काठमाडौँको बुढालिनकण्ठमा इटालीबाट फर्केकी एक महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।

३१ वर्षीय ती महिलालाई पिसिआर परीक्षणका लागि टेकु अस्पताल पठाइएको बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका अनुसार ती महिला चैतको पहिलो साता इटालीबाट फर्केकी थिइन् ।

इटालीबाट फर्केपछि २१ दिन घरमै क्वारेन्टाइनमा बसेको र त्यसपछि कुनै लक्षण नदेखिएपछि सामाजिक गतिविधिमा पनि संलग्न भएको पाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले बताए ।

‘२१ दिन क्वारेन्टाइन बसेको तर त्यसपछि भने आफन्त र छिमेकीसँगको संसर्गमा रहेको पाइएको छ’, मेयर खरेलले भने, ‘पिसिआरमा पनि पोजेटिभ पाइएपछि टोल सिल गरेर थप सतर्कता अपनाउने तयारी गरेका छौँ ।’

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।