उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार राति कोरोना संक्रमित १२ जना र उनिहरू सँगै रहेका अन्य चारजनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय र एक जना नेपाली हुन् ।
संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखिएको विराटनगर कोरोना विशेष अस्पतालले जनाएको छ ।
काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका – ३ भुल्केमा रहेको मस्जिदबाट एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।




















प्रतिक्रिया