विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर हलचल मच्याएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि विश्वका सय भन्दा धेरै देशहरूमा कुनै न कुनै लकडाउन गरिएको छ ।
कोरोना भाइरसको अनुसन्धान र परिक्षणको नतिजा द्रुतगतिमा हुनु पर्ने हो तर त्यो हुन सकिरहेको छैन । यसैबिच एक अमेरिकी कम्पनीले परिक्षण गरेको ५ मिनेटमै कोरोना संक्रमण भएको हो कि होइन् भन्ने पुष्टि गर्ने डिभाईस बनाएको दावी गरेको छ ।
फोर्ब्स डटकममा प्रकाशित रिपोर्ट अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन विभागले पनि यसलाई अनुमोदन गरेको जनाइएको छ । चिकित्सा उपकरण निर्माता एवट प्रयोगशालाले कोरोना भाइरस जाँच गर्न उक्त पोर्टेबल डिभाईस तयार गरिएको जनाइएको छ ।




















प्रतिक्रिया