Logo

अन्तर्राष्ट्रिय

नाइजेरियाका राष्ट्रपतिलाई पनि कोरोना संक्रमणको आशंका



आफ्ना महत्त्वपूर्ण सहयोगीको कोरोना भाइरसका कारण निधन भएपछि नाइजेरियाका राष्ट्रपति मोहम्मद वुहारीलाई पनि कोरोना संक्रमणको आशंका गरिएको हो ।

राष्ट्रपति वुहारीका निकट सहयोगी अब्बा कयारीको शुक्रवार मृत्यु भएको हो । ७० वर्ष कटेका कयारीको कोरोना भाइरस कारण निधन भएको थियो ।

मधुमेहका रोगी समेत रहेका कयारीको निधनपछि राष्ट्रपति वुहारीलाई कोरोना संक्रमणको आशंका गरिएको हो । कयारी वुहारीका लामो समयदेखिका मुख्य सहयोगी हुन् । कयारी गत महिना मात्रै युरोप र इजिप्टको यात्रा गरि नाइजेरिया फर्किएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।