Logo

प्रमुख समाचार

जोखिममा सेवा दिने चिकित्सकलाई स्पष्टीकरण सोधेर सरकारले तानाशाही शैली देखायो: सांसद संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई संयोजक डाक्टर शेरबहादुर पुनसँग स्वास्थ मन्त्रालयले स्पष्टीकरण माग गरेको कार्वाही समेत गर्ने चेतावनी दिएको कुराले सरकारले आफ्नो तानाशाही शैली देखाएको टिप्पणी गरेकी छिन् ।

जनसंख्या तथा स्वास्थमन्त्री भानुभक्त ढकालकै अग्रसरतामा डाक्टर पुनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको बताइएको छ । सामाजिक सञ्जाल फेसबुकमा सांसद संग्रौलाले ‘महामारीको बेला आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा अहोरात्र खटिएका स्वास्थकर्मीहरूलाई हौसला र प्रोत्साहन दिनुको साटो उल्टै स्पष्टीकरण सोधि मिडियासँग टाढा बस भन्दै हतोत्साहित गर्ने गलत कार्यको जति विरोध गरेपनि पुग्दैन ।’ उनले उल्लेख गरेकि छिन् ।

यस्तो महामारीको बेला सबै स्वास्थकर्मीहरू एकजुट भइ कोरोना विरुद्ध लड्यौ, सरकारको गलत कदमको हिसाब किताब अद्यावधिक राख्दै विरोध गर्नुपर्ने सांसद संग्रौलाको भनाइ छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर पुनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो । मन्त्रालयले डाक्टर पुन सँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । मन्त्रालयले डाक्टर पुनलाई आइतबार मन्त्रालयमै उपस्थित हुनसमेत निर्देशन दिएको छ ।

यसअघि मन्त्रालयले उनलाई मौखिक रूपमा बोलाएको थियो । तर उनी उपस्तिथित नभएपछि मन्त्रालयले स्पष्टीकरणको लागि उपस्थित हुन लिखित आदेश दिएको छ । मन्त्रालयको उक्त कदमको चौतर्फी विरोध भै रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।