Logo

अन्तर्राष्ट्रिय

अमेरिकी अनुसन्धानले देखायो ‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी



कोरोना भाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

प्रयोगशाला परीक्षणमा सहभागी बिरामीमा जटिल प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या र ज्वरोको लक्षण देखिएको थियो । तर रेम्डिसिभिर सेवन गरेको सातादिन भित्रै अस्पतालबाट निको भई घर फर्केको प्रयोगशाला परीक्षणको नेतृत्व गरेका चिकित्सकलाई उद्धृत गर्दै स्टाटले उल्लेख गरेको छ । “भर्ना भएका हाम्रो अधिकांश बिरामी अस्पतालबाट घर फर्केका छन्, दुईजना बिरामीको मृत्यु भयो ।”– सिकागो विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ रही प्रयोगशाला परीक्षणको नेतृत्व गर्नुभएका डा. कैथलीन मुल्लैनले भिडियो सन्देशमा उल्लेख गरेका छन । सीएनएनले प्रतिक्रियाका लागि गरेको आग्रहमा भने उहाँले तात्काल उपलब्ध नहुने बताउनुभएको थियो ।

सिकागो विश्वविद्यालयले भने मुल्लैनको सन्देशमा आशिंक सूचना मात्रै उपलब्ध रहेको जनाएको छ । विश्वविद्यालयले एक वक्तब्य जारी गरी आशिंक रुपमा जारी गरिएको सूचनाले निचोडमा पुग्न नसकिने उल्लेख गरेको छ । रेम्डिसिभिर सेवनको सुरक्षा र प्रभावकारिताबारे अनुसन्धान भइरहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको वक्तब्यमा उल्लेख गरिएको छ, “आन्तरिक फोरमबाट सहकर्मीको कामको प्रगतिबारे जारी गरिएको सूचना अनाधिकृत हो, वैज्ञानिक रुपमा यस्ता जानकारी अवयस्क र असजिलो हो ।” कोभिड–१९ को स्वीकृत चिकित्सकीय औषधी छैन् । कोभिड–१९ को संक्रमणले केही बिरामीमा निमोनिया र जटिल श्वासप्रश्वासको लक्षण देखिन्छ । तर परीक्षणमा संलग्न राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले अनेकौं औषधीसँगै रेम्डिसिभिरको परीक्षणको रुपमा प्रयोग गर्दैछ । जिलेड साइन्सेजले उत्पादन गरेको रेम्डिसिभिर इबोला संक्रमणको बेला प्रयोग गरिदा केही मात्रामा मात्रै सफलता प्राप्त गरेको थियो ।

जनावरमा गरिएको अध्ययनले भने कोरोनाभाइरससँग सम्बन्धित कोभिड–१९ सार्स तथा मर्स निर्मूल गरेको पाइएको छ । फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले रेम्डिसिभिर कोभिड–१९ विरुद्ध सम्भावित हुने जनाएको थियो । स्टाटले मुल्लैनले सहकर्मीहरुसँग प्रयोगशाला परीक्षण सम्बन्धमा गर्नुभएको भिडियो छलफलको प्रतिलिपि हेर्ेको जनाएको छ । उक्त भिडियोमा उहाँले हा्रो अधिकांश बिरामी जटिल अवस्थामा छन् र अधिकांश निको भएर छ दिनमै घर फर्किन लागेको बताउनुभएको थियो । परीक्षणको क्रममा दश दिनसम्म भने बस्ननपर्ने उहाँले भिडियो बहस गरेको देखिन्छ ।

परीक्षणमा नियन्त्रित समूह समावेश गरिएको छैन्, जसले गर्दा बिरामीलाई छिटो निको हुन मद्दत गरेको भन्न कठीन देखिएको छ ।
औषधीको दर्जनौं प्रयोगशाला केन्द्रमा परीक्षण गरिदैछ । जिलिडले उक्त प्रयोगशाला परीक्षणका लागि विश्वका १५२ केन्द्रका दुई हजार ४०० कोभिड–१९ का संक्रमितलाई समावेश गरेको छ । विश्वका १६९ वटा अस्पतालका एक हजार छ सय हल्का लक्षण देखिएका बिरामीमा समेत उक्त औषधीको परीक्षणको रुपमा प्रयोग गरिएको छ । यसै महिनाको अन्त्यसम्ममा रेम्डिसिभिरको प्रयोगशाला परीक्षणको नतिजा प्राप्त हुने जिलिडले जनाएको छ ।

सीएनएनसँगको सम्पर्कमा कम्पनीले एक वक्तब्यमा भनेको छ –“कोभिड–१९ बाट संक्रमितमा छिटो उपचारको आवश्यकता हामीले महसुस गरेका छौं । परीक्षणबाट निस्केको परिणामका लागि प्रयोगशालामा सेवन गराइएका सबै बिरामीको विश्लेषणसहितको परिणाम आउनु जरुरी हुने कम्पनीको भनाई छ ।

(सीएनएनका लागि मैगी फक्सले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।