Logo

अन्तर्राष्ट्रिय

साइबर आक्रमणको बढ्दो खतरालाई मध्यनजर गर्दै ४८ घण्टा इन्टरनेट अवरुद्ध हुन सक्ने



विश्वव्यापी रूपमा बढेको साइबर आक्रमणलाई मध्यनजर गर्दै विश्वव्यापी इन्टरनेट सेवामा २ दिन यानिकी ४८ घण्टाको लागि अवरोध आउन सक्ने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ ले उल्लेख गरेको छ ।

मेन डोमेन र यो सँग जोडिएको नेटवर्क इन्फ्रास्ट्र्याक्चर केही समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा केही समय अवरोध हुन लागेको ‘रसिया टुडे’ ले आफ्नो रिपोर्टमा प्रकाशित गरेको छ ।

रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ ले यो समयमा मर्मतको काम गर्नुपर्ने छ । उसले अहिले क्रीष्टोग्राफिक कि लाई नै बदल्न लागेको छ । जसले इन्टरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षीत बनाउँछ ।

कम्युनिकेशन रेगुलारिटी अथोरिटीले भनेको छ, ‘यदि इन्टरनेट प्रयोगकर्ताले नेटवर्क अपरेटर वा इन्टरनेट प्रोभाइडरहरू यो सेवाको लागि तयार भएनन् भने इन्टरनेट सेवा सुचारु हुनपनी सक्छन् । जबकि उचित सिस्टर सेक्युरिटी एक्सटेन्सलाई सुचारु गरेको खण्डमा भने यसको असरबाट बचाउन सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।