विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पछिल्लो दिनमा नेपालमा पनि लगातार बढिरहेको छ ।
यसै क्रममा त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका दुई जना स्वास्थकर्मी (नर्स) लाई कोरोना संक्रमण देखिएको छ । र्यापिड टेस्टको क्रममा उनिहरूलाई कोरोना संक्रमण देखिएको हो ।
उनिहरूलाई पिसिआर परिक्षण गरिने भएको छ । उनिहरू दुबै जनालाई अहिले काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको छ ।
केन्द्रीय कारागारमा खटिएका स्वास्थकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि क्षमता भन्दा धेरै कैदीबन्दी रहेका कारागारका कैदीबन्दी पनि कोरोना संक्रमणको जोखिममा परेका छन् ।




















प्रतिक्रिया