Logo

प्रदेश

प्रहरी नियन्त्रणमा रहेका शाहीलाई संक्रामक रोग ऐन र साइबर क्राइमको अभियोग लगाउने तयारी



लकडाउनको समयमा स्थानीय सरकार तथा प्रशासनको अनुमति बिना राहत वितरण गरेको तथा विदेशमा रहेका नेपाली बाट उठाएको पैसामा अनियमितता गरेका आरोप लागेका ज्ञानेन्द्र शाही उर्फ ज्ञान बहादुर शाहीलाई संक्रामक रोग ऐन तथा साइबर क्राइमको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ ।

आफूलाई भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता बताउने शाहीले बिना अनुमति विभिन्न गतिविधिमा संलग्न भएर संक्रामक रोग निवारण ऐनको उल्लंघन गरेको प्रहरीको अभियोग छ । स्थानीय निकायको अनुमति तथा समन्वय बिना राहत बाँडेका शाहीले ललितपुरका प्रजिअलाई अश्लील शव्द प्रयोग गर्दै म्यासेज गरेको अभियोग छ ।

ललितपुर प्रजिअलाई शाही र शाही समर्थकहरूले अमर्यादित गतिविधि गरेको र यसमा गहिरो अनुसन्धान भैरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ । अभियोग प्रमाणीत भएमा शाहीलाई कम्तीमा ६ महिना कैद सजाय हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।