Logo

विचार / ब्लग

‘निषेध र इगोको राजनीतिले देश आन्तरिक द्वन्द्व र वैदेशिक हस्तक्षेपको चपेटामा छ’



यतिखेर नेपाल इतिहासकै गम्भीर मोडमा पुगेको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान अछुन्न राख्न इतिहासले सुम्पिएको दायित्व निर्वाह गर्न हाम्रा पुर्खाहरूले सुम्पिएर गएका विरासतहरू भत्कदैं गएका छन् ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एंव प्रवर्द्धन गर्दै वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न २०७२ को संविधानको विभेदकारी र निषेधको पराकाष्ठा हुन पुगेको छ ।

नेपालमा २००४ सालदेखि २०७२ सालसम्म आइपुग्दा नेपाली जनताले ७ वटा अलगअलग संविधान प्राप्त गरे । त्यसमध्ये २०७२ को संविधानको प्रस्तावनामै इतिहासलाई गाली गरी सामन्ती निरंकुशता केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै भन्ने शब्दले नेपाली इतिहासलाई गाली गरेको ठहरिन्छ । आफ्नै जन्म दिने बाबुलाई जन्म दियो भन्ने सट्टामा बाबुले आमालाई बलात्कार गरे भन्नुजस्तै भयो ।

अबको विषम परिस्थितिमा २०१७ सालको परिघटनाले प्रजातन्त्र खोसिएता पनि पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापको निति लिएर विपी कोइराला प्रवासबाट स्वदेश फर्के र उनले नेपाललाई अक्षुण्ण राख्नको लागि ‘राजा र मेरो घाँटी जोडिएको छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिए । उनको त्यो कुरा आजको दिनमा कत्तिको सान्दर्भिक रहेछ भन्ने कुरा प्रमाणित सत्य नै हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी पनि चीन भ्रमणमा गएर फर्किएपछि नेपालका दुई पिलर सिस्टममा राजा र राजनीतिक दल मिल्नुको विकल्प छैन् भनेर चिनियाँ नेता माओत्सेतुङले भनेपछि उनले नेपालको राजसंस्थालाई साथ दिएका हुन् ।

व्यवहारमा हामीले २०४६ साल पछिका ३१ वर्षमा परराष्ट्रनितिमा पनि हामी चुक्यौं, क्षेत्रीय सुरक्षा पनि कायम गर्न सकेनौं । हामीले जनतालाई सस्ता नारामात्रै दियौं । आज जुन किसिमले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरसले मानव जगतलाई भयवित बनाएको छ ।

हामीले यो ३० वर्षमा आर्थिक रूपले तथा उपभोग्य खाद्यान्नका हिसाबले परनिर्भर अवस्थामा पुगेका छौं । हाम्रा देशका ८० लाख हाराहारी विदेशिएका छन् । ‘हरियो वन नेपालको धन’ पनि केवल मीठो नारा बाहेक केही बन्न सकेको छैन् । कृषिप्रधान देश भन्ने नारा पनि नारामै सिमित हुन पुगेको छ ।

३० वर्ष हाम्रो काम एकले अर्कोलाई निषेध गर्नमै बित्यो । अब पनि हामीले सहअस्तित्वलाई आत्मसाथ गर्न सकेनौं भने हाम्रो देश चरम भोकमरी, आन्तरिक द्वन्द्व र वैदेशिक हस्तक्षेपको चपेटामा पर्ने सम्भावना छ । त्यसैले समय छँदै सोचौं, आधुनिकता र परम्परालाई सँगै डोर्‍याउने काम गर्न ढिलाइ गर्नु हुँदैन ।

निषेध र इगोले आफैंलाई खाने मात्रै हो । यस विषम परिस्थितिमा नागरिक समाज, राजनीतिक दल र परम्परागत शक्ति बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगायत आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछु ।

हेमबिक्रम सिलवाल
संयोजक स्वतन्त्र नागरिक समाज

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार २१:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।