Logo

विचार / ब्लग

‘लिपुलेक हाम्रो हो, भारत र चीनसँग कूटनीतिक संवादमार्फत फिर्ता गराऔ’



नेपाल, चीन र भारतको सीमाक्षेत्र लिपुलेकका सन्दर्भमा नयाँ विषय प्रकाशमा आएको छ। भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि अतिक्रमण गरी कालापानी क्षेत्र समावेश गरेको झण्डै ६ महिनापछि सडक निर्माण गरेको छ। नेपाली भूभाग व्यास, गुन्जी लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेर भारतले नेपालसँगका सन्धिसम्झौताको गम्भीर उल्लंघन गरेको छ। साथै दुई देशको मित्रवत सम्बन्धमाथि प्रहार गर्ने कार्य भारतीय पक्षबाट भएको छ।

तथ्य र प्रमाणहरूका अनुसार २०७२ सालमा नेपालमा महाभूकम्प गएका बेला चीन र भारतले लिपुलेक पास हुँदै व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए। अहिले विश्वव्यापी महामारी र संकटका बेला भारतले सडकमार्ग निर्माण र उद्घाटन गरेको छ। भारतीय पक्षको यो कार्य निन्दनीय छ। तत्काल नेपालीभूमि फिर्ता गर्नुपर्छ। यसको विकल्प भारतीय पक्षसँग छैन।

व्यास, गुन्जी र लिपुलेक नेपाली भूमि हो। यसका ऐतिहासिक प्रमाणहरू छन्। तसर्थ सरकारले कूटनीतिक संवादमार्फत उक्त जमीन फिर्ता गराउन पहल थाल्नुपर्छ। लिपुलेक हाम्रो हो, भारत र चीनसँग कूटनीतिक संवादमार्फत फिर्ता गराऔ। राष्ट्रवादी छवि बनाएर मागेको भोटको सम्मान गर्दै तत्काल उच्चस्तरीय वार्ता टोली निर्माण गरी संवाद थाल्न सरकारसँग आग्रह गर्दछु।

भारत र चीन हाम्रा असल छिमेकी हुन्। तसर्थ आधार र प्रमाणहरूका माध्यमबाट नेपाली भूमि फिर्ताको पहल तत्काल थाल्न म प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई ध्यानाकर्षणसहितको आग्रह गर्दछु। धन्यवाद।
जय नेपाल।

डा. डिला पन्त संग्रौला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
सदस्य, प्रतिनिधिसभा

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १५:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।