विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) चीनबाट सुरु भएर विश्वव्यापी रूपमा फैलियो अब चीनले नै संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।
चीनको एसेट्स सुपरविजन एण्ड एड्निस्ट्रेशन कमिसनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सन्देश जारी गर्दै चीन निर्मित कोरोना भाइरस विरुद्धको भ्याक्सिन यो वर्षको अन्त्यसम्म वितरणको लागि बजारमा उपलब्ध हुनसक्ने बताइएको छ ।
वुहान इन्सिच्युट अफ बायोलोजिकल प्रोड्क्स र बेइजिङ इन्सिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्ति माथी गरिएको थियो ।
२९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे जानकारी समेटिएको सामाग्री पोस्ट गरिएको थियो । उक्त पोस्टमा दिइएको जानकारी अनुसार यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्नेछ । भ्याक्सिन अहिले दोस्रो चरणको ट्रायलमा पुगेको छ ।





















प्रतिक्रिया