Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि



गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आज पुष्टि भएका मध्ये स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना पुरुष र बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष रहाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का तीन जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ । उक्त प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।