Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि



गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, बुलिङटार गाउँपालिका ठेगाना भै कपिलबस्तुको बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका एक १६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थय निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

संक्रमितको अहिले चितवनको भरतपुमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।