डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको मृत्यु भएको हो ।
राति श्रीमानसँगै शौचालय गएकी ति महिला एक्काशी बेहोस भएपछि मृत्यु भएको जनाइएको छ । गाँउपालिकाको सदरमुकाम नजिकैको क्वारेन्टाइनमा बसेकी ति महिला केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी थिइन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् । गाँउपालिकाका अध्यक्ष नवलबहादुर मल्लसंग सम्पर्क हुन सकिरहेको छैन् ।




















प्रतिक्रिया