बुधबार विहान कर्णाली नदिमा भएको टिप्पर दुर्घटनामा परी दुईजनाले ज्यान गुमाएका छन् भने २२ जनाले हामफालेर ज्यान जोगाउन सफल भएका छन् । टिप्परमा रहेका सबै राजकोट नगरपालिकाका हुन् । भारतबाट आएका उनीहरुलाई दहिखोलाबाट राजकोट नगरपालिकाको क्वारेन्टिनमा राख्न लगिएको थियो ।
घटनास्थलमा दुई जनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
टिपरमा सवार ३९ जना मध्ये ९ जना घाइते भएका छन् । घाइतेलाईउद्धार गरेर उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,दुर्घटनामा परेका २२मा केही नभएको र हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा दुर्घटना हुन पुगेको थियो ।
















प्रतिक्रिया