Logo

गण्डकी प्रदेश

थप २ जनामा कोरोना संक्रमण



गण्डकी प्रदेशको नवलपरासी जिल्लामा आज थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नवलपरासीको गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका बर्ष २३ र २६ का २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाई नवलपरासीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ।

यससँगगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमितमध्ये सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको निगरानीमा रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।