Logo

राजनीति

कोरोना विरुद्धको लडाइमा सरकार असफल भन्दै बालुटारदेखि विभिन्न ठाउँमा पदर्शन



सरकारले पछिल्लो समय कोरोना महामारी नियन्त्रण गर्न नसकेको परिक्षणको दायरा नबढाएको र सरकारले बनाएको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिले उचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुटारदेखि देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिका युवा तथा व्यवसायीले प्रधानमन्त्री ओलीलाई ‘जाग कि भाग’ भन्ने नाराबाजी गरेका छन्। उनीहरुले कोरोनाभन्दा भ्रष्टाचार खतरनाक लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

अत्यवाश्यक स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको र लकडाउनलाई मात्रै हतियार बनाउको आरोप लगाएका छन्। जसले गर्दा कोरोनासँगै लकडाउनबाट उत्पन्न असरले जनजीवन कष्टकर बनेको बन्दै प्रदर्शन गरेको छन् ।

सयौं युवा तथा व्यवसायीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्। उनीहरु केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन्।

त्यस्तै, पूर्वको मुख्य शहर विराटनगरमा, पश्चिम पोखरामा पनि पदर्शन भएको छ ।

उनीहरुले कोरोनाका लागि खर्च गरिएको १० अर्बको हिसाब माग गरेका छन्। क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर विधिबाट परीक्षण गर्न र आरडीटीबाट परीक्षण नगर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
त्यस्तै तराइको बारामा पनि प्रर्दशन भएको छ । बारामा कोरानोको परिक्षणको बढाऊ पीसीआर विधिबाट पदर्शन गर्नभन्दै माग गरेको थिए ।(

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १५:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।