Logo

गण्डकी प्रदेश

क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु



कर्णाली प्रदेशमा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रहेको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको हो।

उनी १३ दिनअघि भारतबाट गुर्भाकोट आएका थिए। क्षयरोगका बिरामी रहेका पुरुष छाती दुख्यो भनेर खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको गुर्भाकोटका मेयर हस्त पुनले बताए।

उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।