बलिउडकी अभिनेत्री कंगना रनौतले अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको कारण बाहिर प्रचार गरिएको जस्तो नभएको बताएकी छन्।
कंगना रनौत टिम नामक ट्वीटर एकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै उनले सुशान्तलाई जसरी ‘कमजोर मनोबल र कमजोर दिमाग भएको’ भनेर व्याख्या गरिएको छ, त्यो गलत भएको बताएकी छन्।
उनले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो र्याङ्कमा आएर छात्रवृत्ति पाएका थिए। उनले त्यत्रो संघर्ष गरेका छन् उनको दिमाग कसरी कमजोर हुन सक्छ ?’
उनले भिडियोमा भनेकी छन्, ‘सुशान्त सिंह राजपूतको मृत्युले हामी सबैलाई त्रसाएको छ । तर कोही मानिसहरु जो अफवाह फैलाउन एकदमै जान्ने छन्, उनीहरु भन्दैछन् की सुशान्त मानसिक रुपमा कमजोर थिए र डिप्रेशन भयो अनि आत्महत्या गरे। जुन युवा र्याङ्क होल्डर थिए, इन्जिनियरिङमा छात्रवृत्रि पाएका थिए उनको दिमागलाई कसरी कमजोर भन्न मिल्छ ?’
कंगनाले अगाडि भनेकी छन्, ‘उनको पछिल्लो पोस्टहरुमा यो कुरा स्पष्ट भनिएको छ की ‘प्लीज मेरो चलचित्र हेर।’ अन्तर्वार्तामा पनि उनले भनेका छन्, ‘यो इन्डस्ट्रीमा मेरो कुनै ‘गड फादर’ छैनन्, मलाई यहाबाट निकालिन पनि सकिन्छ। मलाई यो इन्डस्ट्रीले अपनाएको छैन, म किन यहाँको जस्तो अनुभव गर्न सकिरहेको छैन ?’ उनको यो भनाईमा केही तर्क छैन ?’
कंगनाले अगाडि भनेकी छन्, ‘तपाईँ याद गर्न सक्नु हुन्न ! काय पो चे जस्तो चलचित्रबाट उदाएका यो कलाकारलाई कुनै डेब्यू बेस्ट एक्टरको अवार्ड किन दिइएन ? केदारनाथ, छिछोरे, ध्वनि जस्तो चलचित्रमा काम गरेका छन्। गलिव्याई लगायत बकवास चलचित्रलाई अवार्ड दिइन्छ तर छिरोरे जस्तो चलचित्र र त्यसका निर्देशकलाई अवार्ड दिँइदैन। काम गरिन्छ तर त्यसको कृतज्ञता खोई ?
#KanganaRanaut exposes the propaganda by industry arnd #SushantSinghRajput‘s tragic death &how the narrative is spun to hide how their actions pushed #Sushant to the edge.Why it’s imp to give talent their due &when celebs struggle with personal issues media to practice restraint
मलाई तपाईँको केही चाहिएको छैन, तर जे काम मैले गरेको छु, त्यसको आभार मलाई किन दिँइदैन ? म आफै निर्देशन गर्छु, मेरा सुपरहिट चलचित्रलाई फ्लप भनिन्छ। म माथि ६ वटा मुद्दा लगाइन्छ, मलाई जेल पठाउन खोजिन्छ। र यिनीहरुको जो चम्चा पत्रकारहरु छन्, जो सुशान्त जस्ता कलाकारको बारेमा मानसिक, दुर्व्यसनी थिए भनेर लेख्छन्। सञ्जय दत्तको दुर्व्यसनी त यिनीहरुलाई धेरै राम्रो लाग्छ त ! यिनीहरु मलाई किन सन्देश पठाउँछन्, ‘तिम्रो नराम्रो समय छ, तिमी यस्तो उस्तो नभन्नु। किन मेरो दिमागमा भर्न चाहन्छन् की म आत्महत्या गरौँ।
यो आत्महत्या हो की योजनाबद्ध हत्या ?
सुशान्तले एउटै गल्ति गरे, त्यो भनेको उसले यस्ता कुराहरु माने। उनीहरुले भने ‘तिमी बेकार छौँ’ उनले माने। सुशान्तले उनको आमाले के भनेकी थिइन् त्यो सम्झेनन्। उनीहरुले भने, ‘तिम्रो केही हुने वाला छैन’ उनले माने।
उनीहरु यहि चाहन्थे इतिहासमा यो लेखियोस कि ‘सुशान्त मानसिक रुपमा कमजोर थियो।’ उनीहरु सत्य के हो त्यो बताउने छैनन्। अब हामीलाई यो निश्चय गर्न जरुरी छ की कसले इतिहास लेख्छ।’
अभिनेत्री कंगना रनौत बलिउडकी निडर अभिनेत्रीको रुपमा चिनिन्छिन्। उनले खुलेरै बलिउडमा भएको नातावाद र कृपावादको विरोध गर्ने गरेकी छन्।
अभिनेता सुशान्त १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। उनले आत्महत्यो गरेको प्रहरीले बताएको छ। राजपूतको पोस्टमार्टम रिपोर्ट भने आउँन बाँकी छ।






















प्रतिक्रिया