अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्।
शितगंगा नगरपालिका वडा नं ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
विहानको समयमा आफुले क्वारेन्टाइमा सुत्दै आएको तन्दाको पासो लगाएर आत्महत्या गरेका थिए ।
गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
जेठ २६ गते पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको अधिकारीले जानकारी दिए।
पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ।
उनेको रिर्पोट नआएसम्म उनको शवलाई रुखमै राखिने भएको छ ।



















प्रतिक्रिया