Logo

प्रमुख समाचार

नेपालमा हाल सम्मकै उच्च काेराेना : थप ६७१ जनामा संक्रमण पुष्टि



नेपालमा हाल सम्मकै उच्च कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमा महिला १ सय १४ र पुरुष १ हजार ७२ छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १६:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।