Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३४८ पुग्यो



शुक्रबार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयत्रिवेणी गाउँपालिका वर्ष २८ र २० का छन् ।

यस्तै बाग्लुङको गल्कोट नगरपालिका वर्ष ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय पुरुष तथा ४२ र २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङकै काठेखोला गाउँपालिका वर्ष २४, २९, २२, २०, २३, २९ वर्षका पुरुष गरि १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ४१, १९, १९ वर्षका पुरुष तथा ३० र ५६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३६ वर्षीय पुरुष र पालिका नखुलेका ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।