Logo

प्रमुख समाचार

भारत–चीन सीमा विवादमा बोल्यो नेपाल



भारत र चीनबीच गलवान उपत्यकामा निम्तिएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।

भिडन्त भएको ६ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको नेपालले दुबे मित्र छिमेकीहरुबीच शान्तिपूर्ण निकास निस्कनेमा विश्वास रहेको बताएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले भारत चनी भिडन्तका विषयमा स्टेटमेन्ट जारी गर्दै नेपाल सँधै शान्तिका पक्षमा रहेको र भारत र चीनबीचको विवाद पनि शान्तिपूर्ण ढंगबाट समाधान हुनुपर्ने बताएको छ । नेपालसँधै क्षेत्रीय र विश्व शान्तिमा विश्वास गर्ने भन्दै दुई छिमेकी पनि शान्तिपूर्ण ढंगबाट समस्या समाधान गर्न सक्षम रहेको बताएको छ ।

स्मरणराहोस गएको सोमबार लद्दाखमा चीन र भारतीय सेनाबीच भएको भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । त्यसपछि भारत र चीनबीच तिक्तता बढेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १९:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।