प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो ध्यान महामारी र विपत्ति तर्फ केन्द्रीत रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि उनले बताए
उनले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको भएको भन्दै यो आन्तरिक कुरा भएकाले
त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएकाले पार्टीका आन्तरिक कुराहरु आफै मिल्दै जाने ओलीले बताए ।
उनले भने ‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ ।
म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’





















प्रतिक्रिया