Logo

सुदूरपश्चिम प्रदेश

प्रहरीले सार्वजनिक गर्यो भागरथी हत्याका आरोपित



भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोर लाई सार्वजनिक गरको  छ । बैतडीको दोगडाकेदार गाउ“पालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरको स्वीकारेका छन् दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरको  थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले अनुसन्धानका क्रममा अभियुक्तको सुरुबाटै
शंकास्पद व्यवहार, प्राविधिक रूपमा फेला परका प्रमाण र  प्रारम्भिक बयानका आधारमा निगरानीमा लिएको जानकारी
गराए । प्रहरीले दिएको घटना विवरणअनुसार माघ २२ गते भागरथी घरबाट करिब १ घण्टा हि“डे र बिहान १० बजे विद्यालय पुगेकी थिइन्। त्यहा“बाट फर्के रदिउ“सो २ बजे नजिकैको खोचलेक बजार गइन्। उनका साथमा दुई सहपाठी पनि थिए । उनका साथी र अरू विद्यार्थी बजारमा कोही कपाल काट्न लागे, कोही किनमेल त कोही नास्ता गर्नतिर लागे। भागरथी भने
घरतिर जाने खोचलेक–चडेपानी सडकतिर अगाडि बढिन् । खोचलेक बजारबाट उनको घर पुग्न १ घण्टाजति हि“ड्नुपर्छ ।
बजारको पल्लो छेउको पसलमा उनले चाउचाउ किनिन् र खा“दै एक्लै घरतिर लागिन् । भागरथीलाई एकान्तमा भेट्न एक पिरियड पढाइ छाडेर १ः४५ मा सुटुक्क निक्लेका थिए, दिनेश ।

विद्यालयबाट केही साथीस“गै खोचलेक बजारसम्म आएका उनी भागरथीले झैं साथीहरूलाई बजारमै छोडी ‘काम छ’ भन्दै घरतिर लागेका थिए । बीच बाटोमा उनी भागरथीलाई उछिने रअघि बढे। अलि पर लबलेकको जंगलमा पुगेपछि बाटो ढुके रबसे। त्यहा“ नपुग्दै बलात्कारपछि हत्या गर्ने योजना बनाइसकेको बयान उनले प्रहरीसामु दिएका छन्। भागरथीलाई देख्नेबित्तिकै सडकको
डिलमा पार ेरदिनेशले आक्रमण गरे। उनी सडकबाट ३० मिटर तल खस्न पुगिन्। योजनाअनुसार बलात्कार  र हत्या गर्ने र दिनेश त्यहा“बाट निस्किएको प्रहरीको बुझाइ छ ।

डीआईजी सुवेदीका अनुसार २ः४७ बजे भागरथीको मोबाइल अफ भएको थियो। ‘ यसको अर्थ त्यो बीचको समयमा घटना भएको थियो,’ उनले भने, ‘भागरथीलाई यो सबबार केही थाहा थिएन । एकै गाउ“को भएकाले शंका पनि थिएन तर केटाको पूरा तयारी थियो।’ उनका अनुसार भागरथीले प्रतिकारका लागि प्रयास गर पनि विवाद नहु“दै े सबै कुकृत्य भइसकेको देखिन्छ । ‘ पहिले सडकबाट लडाएर वनमाराको झाडीमा फालेको अनि बलात्कार गरी दुवै हातले घा“टी थिचे रहत्या गरको े बयान अभियुक्तले दिएको छ,’ सुवेदीले भने, ‘भागरथीको मोबाइलको ब्याट्री निकाले र उनको शव नजिकै फालेको पनि अभियुक्तले स्विकारका छन् ।’ त्यसपछि सडकको बाया“ हु“दै ३ः२० बजे दिनेश घटनास्थलबाट अगाडि पर्ने आफ्नो गाउ“ चडेपानी जाने बाटोतर्फ लागेको डीआईजी सुवेदीले बताए ।

भागरथी मारिएको ठाउ“बाट करिब १५–२० मिनेटको पैदल दूरीमा दिनेशका दुई घर छन्। घटनापछि उनी बस्न छाडेको
पुरानो घर र अलि पछिमात्र सधैं बस्ने घर गएका थिए । भागरथी र उनको घरको दूरी दुई मिनेटको मात्रै छ । घर पुगेपछि उनी
केही नभएजस्तो गर ेरगाउ“मा हि“डडुल गरका थिए । ‘ भागरथीको शव भेटिएकै दिन दोषी पत्ता लगाउन विद्यार्थी र स्थानीयले गरको े नाराबाजीमा अभियुक्त पनि संलग्न भएको पाइएको छ,’ डीआईजी सुवेदीले भने, ‘त्यसपछि भने उनी खासै घटनास्थलमा
गएका छैनन्। अनुसन्धानका लागि कुकुर ल्याएको थाहा पाएपछि घटनास्थल नगएको बुझिएको छ । आजको कान्तिपुर  दैनिक बाट। 

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार  ६ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।