Logo

विविध

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



रुपन्देही, तिलोत्तमा नगरपालिका-११ कुमारीस्थित सडकबाट लु.१ क ८२४ नम्बरको शान्ती नमूना माध्यामिक विद्यालयको बसले बिहीबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीया सुमन खौसियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएकी सोही ठाउँ मृगौली बस्ने ३३ वर्षीया आरती थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।