Logo

अन्तर्राष्ट्रिय

चिनियाँ कम्पनी अलीबाबालाई भारतिय अदालतमा उस्थित हुन आग्रह



चीनको अलीबाबा कम्पनीलाई यूसी वेबका पूर्व कर्मचारीले आफुलाई गतल आरोप लगाई कामबाट निकालेको भनि मुद्दा दायर गरेको छन् । भारतमा हरेको कम्पनीका एक पूर्व कर्मचारीले हालेको मुद्दामा गुरुग्रामका जिल्ला अदालतले अलिबाबा, मा र कम्पनीमा कार्यरत करीब एक दर्जन व्यक्तिहरुलाई अदालतमा उपस्थित हुन बोलाएको हो । उनीहरुलाई जुलाई २९ मा आफैं अदालतमा आउन वा प्रतिनिधिलाई पठाउन भनिएको छ ।

कम्पनीको एपमा सेन्सरसिप र झुठा समाचार फैलाउने विषयमा आफूले विरोध गरेपछि कामबाट निकालिएको भन्दै सो कर्मचारीले मुद्दा दायर गरेका थिए । भारतले दुई देशबीच सीमा विवाद चुलिएकै बेलामा अलिबाबाको यूसी न्यूज, यूसी ब्राउजरलगायत अन्य ५७ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको केही हप्तापछि मुद्दाको खबर आएको छ ।

प्रतिबन्धको चीनले आलोचना गरेको थियो । भारतले भने सामग्रीहरु सेन्सर गरेको हो कि होइन, विदेशी सरकारको लागि काम गरेको हो कि होइन भन्ने लगायत प्रश्नको प्रभावित कम्पनीहरुबाट लिखित प्रतिक्रिया खोजेको थियो । कम्पनीले चीनको लागि अनुपयुक्त देखिएको सामग्रीहरुमा कैची चलाउने गरेको जुलाई २० मा दायर भएको मुद्दामा यूसी वेबका पूर्व कर्मचारी पुष्पेन्दर सिंह पर्मारले कम्पनीमाथि आरोप लगाएका छन् ।

सामाजिक र राजनीतिक उथलपुथल उत्पन्न गराउन यूसी ब्राउजर र यूसी न्यूजले झुठो समाचार देखाएको समेत मुद्दामा उल्लेख छ । यस मामिलामा यूसी इन्डियाले भने केही पनि प्रतिक्रिया दिएको छैन । क्षतिपूर्तिबापत पर्मारले कम्पनीबाट २ लाख ६८ हजार डलर खोजेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।