अविरल वर्षासँगै आएको पहिरोमा परि बाजुरामा दुई जनाको मृत्यु भएको छ । गए राति अविरल वर्षासँगै आएको पहिरोले बगाउँदा बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोमा परि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् । बाढीका कारण साँफे मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
त्रिवेणी नगरपालिका अन्तरर्गत मौरेमा रहेको शिवालय समेत बगाएको स्थानीयले बताएका छन् । यस अघिको बाढीले साँफे मार्तडी सडकखण्ड अन्र्तगतको ताँप्री सेराको पक्की पुल, जडागांमा रहेको बेलिब्रिज बगाएको छ ।





















प्रतिक्रिया