नेपाल को कर्मचारीतन्त्र यसरी बदनाम भइसकेको छ कि यहाँ कसैले आफुले गर्नुपर्ने काम इमान्दारिता, मिहेनत तथा लगनका साथ गर्छ भने उ सेलेव्रिटी बन्छ, उसलाई जनताले आँखामा सजायर राख्छन् । नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेलले एउटा इन्टरभ्युमा भनेका थिए । नेपालको कर्मचारीतन्त्रमा हाइलाइटमा आउनलाई बस् आफूले पाएको कामलाई कर्म सम्झेर इमान्दारिताका साथ गर्दिए पुग्छ । किनभने नेपालमा आफ्नो कामलाई इमान्दारिता का साथ गर्ने कर्मचारीको कमी छ ।
कुलमान घिसिङ यो सँग मेल खाने पात्र हुन्। कुलमान घिसिङले आफ्नो परिधि बाहिर गएर कुनै काम गरेका हैनन् । उनले त बस् आफ्नो कामलाई कर्म ठानेर इमान्दारिताका साथ गरेका हुन् । आफ्नो काम इमान्दारिताका साथ गरेकै कारण आज उनी हरेक नेपालीको मन , मष्तिस्कमा बस्न सफल भएका छन् । घाटामा रहेको नेपाल विद्युध प्राधिकरणलाई नाफामा ल्याई पुर्याउन कुन स्तरको काम,कुन स्तरको मिहेनत गर्नुपर्छ यो हामी केवल कल्पना मात्र गर्न सक्छौ ।चार बर्ष अघि ३४ अर्ब नोक्सानिमा रहेको प्राधिकरण ४ अर्ब सन्चित नाफा कमाउने संस्था भइसकेको छ । अहिले नेपालकै गर्व गर्न लायकको संस्था बनेको छ नेपाल बिद्धुत् प्राधिकरण । सानो हुँदा एक हप्ताको लोडसेडिङको रुटिन याद गर्ने म आज भोलिका बच्चाहरुलाई लोडसेडिङ एका देशको कथा भइसकेको छ र यो सम्भव बनाउने कथाकार हुन् कुलमान घिसिङ । लोडसेडिङले आक्रान्त बनेको त्यति बेलाको हाम्रो समाजमा शुरुमा लोडसेडिङ हुदैन भनेर भनिदा त्यसलाई चुनावी घोषणापत्रमा पार्टीहरुले दिने गफ संग तुलना गरिएको थियो । तर आज लोडसेडिङ मुक्त नेपाल भएको छ ।
कुलमान घिसिङ “राइट म्यान एट राइट प्लेस” का एक ज्वलन्त उदाहरण हुन् । सहि मान्छे सहि ठाउँमा पुग्यो भने परिवर्तन,विकास सम्भव छ भन्ने आशा देखाउने मान्छे पनि कुलमान घिसिङ भएका छन् । दक्षता, योग्यता भएका मान्छेलाई आफ्नो ल्याकत अनुसारको ठाउँमा नै पुग्न दिइदैन हाम्रो देशमा । जसको राजनीतिक पृष्ठभूमि,पहुँच छ उ अयोग्य नै भएता पनि पावर ,पैसाको खेलले ठुलाठुला पदमा नियुक्ति पाउँछन् । अनि ती संस्थाको दुर्गति पनि त्यसै विन्दुबाट प्रारम्भ हुन्छ ।
“राइट म्यान एट राइट प्लेस” अनुसार व्यक्तिले आफ्नो दक्षता,क्षमता अनुसार काम गर्न पाउँदा ३४ अर्व नोक्सानीमा रहेको संस्था ४ अर्व सन्चित नाफा गर्ने संस्था बन्न सक्छ भने अरु के सम्भव छैन ? राजनीतिक भागबन्डाबाट हुने नियुक्तिले आक्रान्त भएका न्यायालय , विश्वविद्यालय , आयोग ,राजदुत पदहरु मा “राइट म्यान एट राइट प्लेस” को अवधारणा अनुसार नियुक्ति हुने हो भने पहिलेको नेपाल बिद्युत प्राधिकरण जस्तै थला परेका यी संस्था पनि गर्व गर्न लायकका संस्था हुन सक्छन्।
हाम्रो न्यायालय पनि स्वतन्त्र न्यायालय हुन सक्छ । हाम्रा विश्वविद्यालय पनि हार्वड, अक्सफोर्ड विश्वविद्यालय जस्ता अब्बल दर्जाका हुन सक्छन् । पार्टीका कमिटी जस्ता भएका संवैधानिक आयोगहरु पनि संविधान को कल्पना अनुरुप काम गर्ने आयोग हुन सक्छन् । राजनीतिक कार्यकर्ताहरु भर्ती गर्ने ठाउँ को उपमा पाइसकेको राजदुत पदहरुमा कुटनीति पढेका ,बुझेका योग्य कुटनीतिज्ञहरु आउँदा नेपालको अन्तराष्ट्रिय सम्बन्ध पनि चुस्त दुरुस्त हुन सक्छ । “राइट म्यान एट राइट प्लेस” आजको आवश्यकता हो र यसै सिद्धान्तमा अडेर हरेक क्षेत्रमा नियुक्ति हुन्छन् भने हाम्रो देश पनि ३,४ वर्षमै गर्व गर्न लायक को देश हुनेछ जसरी नेपाल विद्युधत प्राधिकरण अहिले गर्व गर्न लायक को ठाउँमा पुगेको छ । नेपाल लाई लोडसेडिङ मुक्त नेपाल बनाउने कुलमान घिसिङ सर लाई विशेष धन्यवाद । तपाईको कार्यकाल सकिदै छ । योग्य त तपाईं अझै एक कार्यकालको हुनुहुन्छ। सम्बन्धित निकायले यो कुरामा ध्यान दिओस ।
















प्रतिक्रिया