चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना महामारीका कारण नेपालीहरुले नयाँ, वर्ष देखि स्थानीय चाडपर्वहरु समेत प्रभावित बनेका छन् ।
सोहि सन्दर्भमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज समेत प्रभावित बनेको छ । कोरोनाका भाइरस संक्रमण बढ्दै गएपछि मान्छेहरु एक अर्कामा भौतिक दूरी बढाउने र चाड पर्व नमाउन सरकारले अपिल गरिसकेको छ ।
हिन्दु नेपाली महिलाले मनाउने चाड तीज आजबाट शुरु भएको छ । तिज अन्र्तरगत आज विभिन्न मीठा परिकारका साथ दर खाने प्रचलन रहेको छ । तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ ।
दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । दर खने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । तर यस वर्ष गत वर्ष जस्तो तीजको रोनक देखिएको छैन् ।





















प्रतिक्रिया