Logo

प्रमुख समाचार

पत्रकार महासंघ बाजुराले सूचना लुकाइएको भन्दै प्रेस युनियनको गम्भीर ध्यानाकर्षण



नेपाल पत्रकार महासंघ शाखा बाजुराको एक पछि अर्का हर्कत बाहिरदै आइरहेको छ । पत्रकार महासंघ शाखा बाजुराका केहि उपलब्ध व्यक्तिहरुले गरेका संस्थागत निर्णय माग्दा समेत नदिने गरेको तथ्य बाहिरीएको हो ।

कार्यसमितिका सदस्यहरुलाई समेत संस्थागत सुचना नदिने केहि गलत मानसिकता बोकेका व्यक्तिको नेतृत्वले सिंगो महासंघको बेइज्जत गरेको पत्रकार महासंघ बाजुराका सदस्य विश्वराज जैशीले बताए । पत्रकारको हक हितको वकालत गर्ने भनिएको पत्रकारको छाता संगठन निहित स्वार्थका कारण संस्थागत निर्णय सार्वजनिक नगर्ने परिपार्टी प्रति महासंघ भित्रबाट मात्रै नभई बाहिरबाट पनि आलोचना हुने गरेको छ ।

प्रेस युनियन बाजुराले पत्रकार महासंघलाई नयाँ सदस्य सिफारीस र नविकरणको विषयमा जानकारी गराउन भनि १० दिन अगाडि महासंघ शाखा बाजुरालाई सुचनाको हक सम्बन्धी व्यवस्था अनुरुप पत्र दिएको भए पनि महासंघले सुचना नदिएको प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलले जानकारी दिए ।

प्रेस युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त हर्कतको विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ ,सुचनाको हकको पाठ पढाउन खोज्ने महासंघका अध्यक्ष र सचिव आफै सूचना लुकाएर एक संस्थाले दिएको पत्रको खिलाप गर्नु पत्रकारको नै ध्वज्जी उडाएको युनियनको ठहर रहेको छ ।

यस अघि पत्रकार महास‌घ शाखा बाजुराका ६ जना पदाधिकारीहरुले महास‌घकाे गलत निर्णय प्रति नेपाल पत्रकार महास‌घ केन्द्रिय कार्य समिति, सूदुरपश्चिम पत्रकार महास‌घकाे गम्भीर ध्यानाकर्षण गराइसकेकाे छ ।

हेर्नुहाेस विज्ञप्ति जस्ताकाे त्यस्तैे

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १६:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।