Logo

कर्णाली प्रदेश

पद नभई पद्धतीका लागि कर्णाली प्रदेश सभापतिमा मेरो उम्मेद्वारी रहन्छ : शाही



नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ । सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमिलेन्द्र निधि, शसाङ्क कोइराला, शेखर कोइराला, प्रकासमान सि‌ह, रामशरण महत, अर्जुन नर्सिङ् केसी लगायतका नेताहरुले तयारी थालेका छन्। यसै गरि पदाधिकारिमा नेपाली कांग्रेसका चर्चित युवा नेताहरुले आन्तरिक तयारी तिब्र पारेका छन्।

संघीय संरचना अनुसार नेपाली कांग्रेसको परिवर्तित बिधान अनुसार प्रदेश अधिवेशनले प्रदेश कार्य समिति सहित सातवटा प्रदेस सभापति पनि चयन गर्ने ब्यवस्था छ। यसै अन्तर्गत नेपाली कांग्रेसको कर्णाली प्रदेसको सभापतिमा युवा नेता भूपेन्द्र जङ शाहीले उम्मेदवारी दिने भएका छन्। नेबिसघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभाको उम्मेदवार भइसकेका शाही युवा माझ निकै लोकप्रीय छन्।

राजनीति सगैं साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिउर कठिन सङ्घर्सबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागि परेका छन्। नेपाली कांग्रेसको अगामि महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाचो रहेको युवा नेता भुपेन्द्र जङ शाहीले बताएका छन्। पार्टी अब पुरानो ढर्रा, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टी भित्रको गुटबन्दि, नातावाद, भागबन्डा, ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुन पर्छ उनले भने ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले अहिलेको युग सुचना र प्रबिधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भिर ढङगले बुझ्नु पर्ने बताएका छन्।

युवा नेता शाहीले अगाडि भने, नेपाली कांग्रेसलाई मजबुद र शसक्त पार्टी बनाउन अब कांग्रेसमा सङगठन सुदृढीकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टीमा अब ब्यक्ति होइन विचार, पद होइन पद्धति, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ।  नेपाली कांंग्रेसलाई अब समयको गतिसँगै दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ।

नेकपाको अत्याचार र भ्रस्टचारबाट जनता वाक्क भइसके, यो सरकार पुर्ण रुपमा असफल भइसक्यो, जनताले नेकपाको विकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पाराबाट चलेर हुदैन विगतका कमि कमजोरीहरुलाई सुधार्दै अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, विश्वास र भरोसाको पार्टी बन्न पर्छ।

नेपाली कांग्रेसका आशा लाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्र जङ शाहीले आफू बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफू दुई दुइ पटक साम्सदको उम्मेदवार भैसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाई गाउस्तर सम्म पुगेर वडा वडा, टोल टोल सम्म सङगठन निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए।

उनले भने, म ६ कक्षा पढ्दै गर्दा राजनीतिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन जनताको सेवा, गाउँको विकास र समाजको परिवर्तन नै मेरो मुख्य उद्धेश्य हो। म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु। कांग्रेसका युवा नेता शाहीले भने अबको दिनमा भात्तृसस्थाको राजनीति भन्दा पनि पार्टीकै मुल राजनीतिमा होमिने प्रतिवद्धता दोहोर्याए ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेशको नागरिक हुनुको नाताले युवा नेता भुपेन्द्र जङ शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री मध्ये एउटा पदमा आफ्नो उम्मेद्वारी रहने दाबी गरेका छन् । उनले भने, हिले आफु जिल्ला तिर संगठनको काम र केहि सामाजिक काममा लागि परेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरु सँग छलफल मै छु, यदि पार्टी महाधिवेशनले गति लियो भने आफुले सबै नेता कार्यकर्ता र साथीहरुको सरसल्लाहबाट नै औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्नेछु।

विविध कारणले यदि महाधिवेशन नसरेर निश्चित समयमै भयो भने नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री वा कर्णाली प्रदेसको सभापति वा केन्द्रीय सदस्य मध्य एक पदमा उम्मेदवारी रहने समेत दोहोर्एका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १२:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।