प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका महिलालाइै उच्च सम्मान दिने पर्वको रुपमा रहेको बताएका छन् । गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिदैं प्रधानमन्त्री ओलीले गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व रहेको उल्लेख गरेका छन् ।
प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको छ । साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो शुभकामना सन्देशमा मार्फत भनेका छन् ।
प्रधानमन्त्री ओलीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त रहेको उल्लेख गरेका छन् । विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन प्रधानमन्त्री ओलीले सबैमा आव्हान गरेका छन् ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिनु परेको छ । जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ । यसका निम्ति सजग हुँदै विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवं सरकारको निर्देशन अनुसार सामाजिक ब्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन आग्रह गर्दै गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीकाे शुभकामना सन्देश जस्ताकाे त्यस्तै






















प्रतिक्रिया