विवेकशील साझा पार्टी नेपालले सोमबार (आज) संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘कू’ विरुद्दमा आवाज बुलन्द गर्न शान्ति वाटिका, रत्नपार्कमा भेला हुने बताएको छ ।
पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले दिएको जानकारी अनुसार आज दिउँसो ४ बजे प्रतिगमन र संसद विघटनका विरुद्दमा प्रदर्शन गर्न लागेको हो । “२००७ साल यताको राजनीतिको मुल्यांकन गर्ने हो भने त्यसले दुई पुस्ताको जिन्दगी बर्बाद गरिसक्यो । तेस्रो पुस्ताको जिन्दगी नि बर्बाद हुँदैछ । हामी त्यसलाई ट्र्याकमा लेराउन दृढ छौँ,” अध्यक्ष मिश्रले भने ।
कार्यक्रममा अध्यक्ष मिश्र सहित सचिवालय सदस्य रन्जु दर्शना, केशव दाहाल लगायतको उपस्थिति रहने छ ।





















प्रतिक्रिया