Logo

विविध

गोरखाको बारपाकमा एकै घरका तीनजना घरभित्रै मृत अबस्थामा फेला



गोरखा जिल्लाको बारपाकमा एकै घरका तीनजना घरभित्रै मृत अबस्थामा फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए अनुसार ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङकाे शव फेला परेकाे हो ।

सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।