विराटनगर महानगरपालिका–४ का स्थानीय बासिन्दाले बलात्कार पीडित भनिएकी एक महिलाबाट आफूहरु असुरक्षित रहेको भन्दै उजुरी दिएका छन् । स्थानीय १९ परिवारले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।
महिलाका कारण गाउँका युवाहरु जोखिममा परेको भन्दै गाउँलेले शान्ति सुरक्षाको माग गर्दै प्रशासनमा साउन १५ गते उजुरी दिएका हुन् । गलत मुद्दा लगाएर ती महिलाले सबैलाई फसाउने नीयतका कारण आफ्ना छोरा नाति, र भाई–भतिजा असुरक्षित भएको भन्दै गाउँनै असुरक्षित बनेपछि शान्ति सुरक्षाको माग गरिएको स्थानीय गीता कोइरालाले बताइन् ।
यता गाउँलेले उजुरी दिएकी महिलाले भने आफू बलात्कारबाट बारम्बार पीडित भएको बताएकी छन् । ३६ वर्षीया ती महिलासहित इनरुवा घर भई विराटनगरमा बस्ने सन्तोष मेहता लगायतविरुद्ध मोरङ प्रहरीले २०७५ कात्तिक १५ गते जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । जबरजस्ती करणी मुद्दामा बास्तोलालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ हालय साे मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ ।
बास्तोलाबाट पीडित भनिएकी महिलाले पुनः २०७६ फागुन ३ गते बलात्कार गरेकोभन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी छन् । प्रहरीले असार ३१ गते पक्राउ गर्दै विराटनगर महानगरपालिका–१२ बखरी घर भएका श्रेष्ठलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । श्रेष्ठ परिवारले भने ती महिलाले पटक–पटक पैसाको ‘बार्गेनिङ’ गरेको र नदिएपछि जबरजस्ती करणीको मुद्दा हालेको दाबी गर्दै अाइरहेकाे छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार जबरजस्ती करणीकी प्रतिवादी बनाइएकी महिला पछिल्लो दुईवटा घटनामा बलात्कार पीडितका रुपमा प्रस्तुत भएको जनाएका छन् ।
पीडित भनिएकी महिलाले भनिन्, ‘कुनै बार्गेनिङ गरेको छैन। बलात्कारबाट पीडित भनिएकी महिलाले कुनै बार्गेनिङ नगरेको बताउछिन् । आफू धेरै ठूलो अन्यायमा परेका कारण कानुनी लडाइँमा जानु परेको बताएकी छन् । ‘कुनै महिला पीडित भएँ भन्दै अदालतमा त्यत्तिकै जाँदैनन्,’ उनले भनिन्, ‘पूरै इज्जत र अस्मिता दाउमा राखेर जोखिम उठाउँदै कानुनी उपचारका लागि पुग्नु पर्ने अवस्था आयो ।’
उनले कुनै पनि झुटा मुद्दा कसैलाई नलगाएको बताउँदै जतिसुकै षडयन्त्र गरे पनि न्याय नमर्ने दाबी गरिन् । पीडक भनिएका नयन श्रेष्ठले आफूसँग ऋण लिएको र त्यही पैसा फिर्ता लिने क्रममा बैंकिङ कसुरमा अगाडि बढ्न खोज्दा प्रहरीले मिलापत्र गराउँदै आफ्नो पैसा फिर्ता दिलाएको विषयलाई बार्गेनिङसँग जोडिएको उनले बताइन् । जघन्य अपराधमा संलग्नलाई कारबाही हुनु पर्ने माग राख्दै उनले अनर्गल हल्ला बाहिर ल्याएको विषयमा धेरै दुःख लागेको उनकाे भनाइ छ ।
‘पटक–पटक गरेर पाँच लाख लिएको भनेर अफवाह फैल्याएर मुद्दालाई कमजोर बनाउँदै पीडकलाई उन्मुक्ती दिने खेल भयो,’ ती महिलाले भनिन्, ‘प्रमाणित नहुने यस्तो आधारहीन कुरा गर्ने काम भए पनि न्यायलाई पैसासँग तुलना गर्न सकिँदैन ।’ यस्ता आफूविरुद्ध उजुरी दिएर मुद्दालाई कमजोर बनाउन सबै गाउँले लागेको उनको गुनासो छ ।
याे पनि पढ्नुहाेस्:
विराटनगर महानगरपालिका– ४ की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जरवजस्ती करणी उद्योगको उजुरी प¥यो । इटहरी सुनसरीकी युवतीलाई जवरजस्ती यौन कर्ममा लगाउन बाध्य बनाएको आरोपमा ति महिला, सुनसरी घर इनरुवा घर भई विराटनगर बस्ने सन्तोष मेहता र अन्य एक पुरुषका विरुद्ध जोहरी परेको थियो । प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दामा जिल्ला अदालतले महिलालाई सफाई दियो । तर तिनै महिला २०७५ चैत २६ गते आफू बलात्कृत भएको दाबी गर्दै २०७६ जेठ २३ गते इलाका प्रहरी कार्यालय रंगेली पुगिन् ।
महिलाको उजुरीपछि प्रहरीले नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४१ वर्षीय अमित बास्तोलालाई पक्राउ ग¥यो । अमितमाथि बैंकबाट ऋण दिलाइदिन्छु भनेर पटक–पटक करणी गरेको आरोप छ । बलात्कार आरोप मुद्दाको पूर्पक्षका लागि बास्तोलमा थुनामा छन् । अदालतमा सो मुद्दा बिचाराधिन छ । बास्तोला प्रकरणमा पीडित भनिएकी महिला पून बलात्कारको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । यो पटक भने मुद्दाको प्रतिवादी पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठ छन् । बलात्कारको उजुरी परेपछि प्रहरीले मुद्दा अनुसन्धान गरिरहेको छ ।
पछिल्लो तीन वर्षमा एउटै महिला यौनसँग जोडिएको तीन मुद्दा लिएर अदालत पुगेकी छन् । एक मुद्दामा पीडक बनेकी उनी दुई मुद्दामा पीडित बनेकी छन् । दुईवटा मुद्दामा विराटनगर–कञ्चनबारी ठेगाना उल्लेख गरेकी महिलाले बास्तोलाविरुद्धको केसमा सुन्दरहरैँचा नगरपालिका– ५ मा डेरागरी बस्ने उल्लेख गरेकी छन् ।
सहमतिमा सम्पर्क : बार्गेनिङ गर्न प्रहरी कै समूह:
३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । दुई सन्तानसहित उनी विराटनगरमा बस्छिन् । तर प्रहरी अनुसन्धानबाट श्रीमानसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ । दुई वर्षमा दुई पटक आफू बलात्कृत भएको उजुरी लिएर पुगेकी महिलाको पेशा कुनै छैन । प्रहरी स्रोतका अनुसार विराटनगर र धरानबाट व्यक्तीलाई फसाउने र पैसा असुल्ने गिरोह सक्रिय छ । सोही गिरोहको सदस्य हुन ती महिला ।
सो गिरोहमा पूर्व प्रहरी पनि छन् । सामाजिक सञ्जालको माध्ययमबाट नजिकिने र सम्पर्क भएपछि पैसाको बार्गेनिङ गर्ने गर्दै उजुरी प्रहरी सम्म पुग्ने गरेको छ ।नयन श्रेष्ठमाथि ती महिलाले २०७६ फागुन ३ गते करणी गरेको भन्दै साउनमा उजुरी दिएकी थिइन् । पाँच महिनापछि किटानी जाहेरी लिएर पुग्दा प्रहरीले दर्ता गर्न मानेन् ।
पटक–पटक बलात्कार भएको भन्दै पुगेकी महिलाको भूमिका शंकास्पद देखिएको बताउँदै दर्ता गर्न मानेको थिएन । तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाव आएपछि भने जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पूर्वेली न्यूजलाइ जानकारी दिए । ‘उजुरी आएपछि महिला जोडिएको अन्य घटना पनि अध्ययन गरेका छौं,’ उनले भने ‘ अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउँछौं ।’
बास्तोलाको घटनामा पूर्व प्रहरी साक्षी:
घर किन्नका लागि ऋण दिने बहानामा बास्तोलाले पटक–पटक करणी गरेको ति महिलाको दाबी छ । महिलाको दाबीअनुसार अदालतमा बयानका लागि पूर्व प्रहरी कर्मचारी पनि पुगेका थिए । अदालतमा बयानका क्रममा विराटनगर– १३ घर भएका ओम महत नाम गरेका व्यक्तिले महिलाको पक्षमा बयान दिएका छन् । आफूलाई पूर्व प्रहरी बताएका पुरुषले घरजग्गाको कारोवार गर्ने क्रममा जोडिएको बताएका छन् । घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी स्रोतका अनुसार महिलालाई प्रयोग गरेर ‘ब्लाकमेलिङ’ गर्ने गिरोहको सञ्जाल धरानसम्म छ ।
तीनवटै घटनामा भिडियो:
हरी स्रोतका अनुसार जवरजस्तीकरणी उद्योग मुद्दामा ति महिलामाथि भिडियो बनाएको आरोप थियो । पीडितले दर्ता गराएको जाहेरीमा पनि भिडियो खिचिएको दाबी गरिएको छ । तर प्रहरीले अनुसन्धान गर्दा भिडियो भेटेन । अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टा छुट्टै बलात्कारको मुद्दामा पनि महिलाले भिडियो बनाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरी पटक पटक करणी गरेको दाबी गरेकी छन् । बास्तोलाको केसमा पनि प्रहरीले भिडियो भेट्न सकेन । नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरेको बताए पनि प्रहरीले प्रमाण फेला पारेको छैन ।
पाँचलाख बुझाए, तीनलाख २५ हजारको कागज:
जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक पटक गरी पाँलाख भन्दा बढी रकम बुझाइएको खुलेको छ । नयाँनसंग मोटरसाइकलमा यात्रा गर्दा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन् । तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार नयन श्रेष्ठले पैसा दिएपछि घटना मिलेको थियो । प्रहरीले अनुसन्धान गर्दा पटक–पटक गरेर पाँच लाख बुझाई सकेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन दबाव परेको थियो । पैसा नबुझाउँदा उनीमाथि गिरोहबाट पटक–पटक धम्की आएको प्रहरीले जनाएको छ । धम्कीपछि उनीविरुद्ध प्रहरी प्रधान कार्यालय मातहत हुँदै जवरजस्ती करणी उजुरी प¥यो । उजुरीमा श्रेष्ठ मात्र प्रतिवादी छैनन् । उनका भाई र श्रीमती पनि प्रतिवादी छन् ।
कानुनको गलत व्याख्या भयो:
कानुन व्यावयायी विनोद तिम्सिना मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरेको बताउँछन् । अपराध संहितामा घटना भएको एक वर्षपछि उजुरी दिनसक्ने व्यवस्था छ । महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनसिल रुपमा लिने गरेका छन् । पछिल्लो समय कानुनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि करणीको उजुरी गर्ने घटना बढेको तिम्सिनाको भनाइ छ ।




















प्रतिक्रिया