Logo

कोशी प्रदेश

हिलेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको उपस्थिती सामान्य



धनकुटा । धनकुटाका ७६ जनाको नमुना संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । साँगुरीगढीका २४ पाख्रिवास नगरपालिकाका ४ र शहिदभूमी गाउँपालिकाका कन्ट्याक्ट् ट्रेसिङका ४८ जनाको नमुना संकलन गरि धरान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उनिहरुको नतिजा पर्सी सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई छ । आज सम्मको जम्मा परिक्षण गरिएको १ हजार ४ सय २ जना रहेको मध्ये .१८ जनाको पोजेटिभ र १ हजार २ सय ५० जनाको नतिजा नेगेटिभ आएको छ । १ सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको र सकृय संक्रमित १ जनाको विराटनगर कोभिड अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज चौविसे गाउँपालिकाको ३१ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।

गएका वर्षहरुमा तीजको दिन दर्शनार्थीले भरिभराउ हुने धनकुटा हिलेका धार्मिक पर्यटकीय स्थलहरु यो वर्ष सुनसान जस्तै भएको छ । कोरोना माहामारीको कारण यस वर्ष हिलेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा गत वर्षहरुको तुलनामा अत्यान्त न्यून मात्रमा मात्र दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंह तितुङले वताउनुभयो ।

गत वर्षहरुमा यो मन्दिरमा हिले सहित आसपासका विभिन्न स्थानका हजारौ दर्शनार्थीहरु पूजाआराधनाका लागि आउने गरेका थिए । तर यसपालि कोरोना संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले यसको संक्रमणबाट शर्तक रहन पनि धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको उपस्थिती कम भएको हो । कोरोना संक्रमणको त्रास वढेपछि महिला दिदीवहिनीहरुले यो वर्ष घर मै वसी परिवार सँग खुशी बाँड्दै तीज मनाएकाछन् । त्यस्तै गरि पाख्रीवास तिर पनि घर घर मै वसी परिवास सँग रमाईलो गरि तीज मनाईएको स्थानियले वताएकाछन् । यहाँको शिवालय मन्दिरमा पनि दर्शनार्थीको उपस्थिती सामान्य रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १९:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।