Logo

मनोरञ्जन

दिनरात नभनी काम गर्ने डाक्टर, नर्सलाई सम्मान गरौं : नायिका वर्षा सिवाकोटी



नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । केही दिन अगाडि काठमाण्डौमै डाक्टरहरु बसेको होस्टेल घेर्न मानिसहरुको पुगेको खबर सार्वजनिक भएको थियो ।

उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले भनेकी छिन्– ‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, माया, सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’

वर्षाले केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, डाक्टर, नर्सहरुमा पनि संक्रमण देखिएपछि उनीहरुलाई नै टोल छिमेकका मिलेर दुव्र्यवहार गरिएको भन्दै यस्तो प्रवृत्ती अशोभनिय रहेको बताएकी छिन् । उनले मानवताको नाताले पनि यस्तो अवस्थामा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल गरेकी छिन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।