धरानको एक होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् । रामधुनी नगरपालिका–५ झुम्का बस्ने भोक्राहा नरसिंह गाउँपालिका–४ घर भएका ४६ वर्षीय मोहमद इर्साद आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
मोहमदले साउन २६ गते दिउँसो मोरङ घर भएकी १६ वर्षीया किशोरीलाई ललाईफकाई धरान उपमहानगरपालिका–१८ स्थित होटलमा लगेर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हो ।
उनीविरूद्ध जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी ले जनाएको छ ।




















प्रतिक्रिया