Logo

कोशी प्रदेश

होटलमा लगेर किशोरीमाथि बलात्कार, आलम पक्राउ



धरानको एक होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् । रामधुनी नगरपालिका–५ झुम्का बस्ने भोक्राहा नरसिंह गाउँपालिका–४ घर भएका ४६ वर्षीय मोहमद इर्साद आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले साउन २६ गते दिउँसो मोरङ घर भएकी १६ वर्षीया किशोरीलाई ललाईफकाई धरान उपमहानगरपालिका–१८ स्थित होटलमा लगेर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरेको हो ।

उनीविरूद्ध जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी ले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।