विभिन्न किसिमका व्यक्तिगत र व्यावसायिक कामको लागि कर चुक्ता प्रमाण पत्रको आवश्यकता पर्दछ । कर तिरेको प्रमाणको रुपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले यस्तो प्रमाण पत्र प्रदान गर्दछ । वर्तमान व्यवस्थाअनुसार करदाताले आफ्नो कारोबार र आम्दानी स्वयं घोषणा गर्नुपर्दछ । आम्दानी र कारोबार घोषणा गरी सोको प्रमाणसहित राजस्व कार्यालयमा निवेदन पेश गरेपछि…