काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको…